images
images

सिन्धुलीको दुधौलीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाईते

  • ४ फाल्गुन २०८०, शुक्रबार ०८:३४

सिन्धुली । सिन्धुलीको मदन भण्डारी लोकमार्गमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ भने अर्का मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१० का २३ वर्षीय बेचु कुमर रहेका छन् । दुधौली नगरपालिका–९ आँपडाँडास्थित मदन भण्डारी लोकमार्गमा डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको स १० प ३९०९ नम्बरको मोटरसाइकललाई सोही दिशातफै नै जाँदै गरेको प्रदेश–१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिई अन्तियन्त्रित हुँदा दुई जना घाइते भएका थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका कुमरको उपचारको क्रममा आज बिहान मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अर्का मोटरसाइकल चालक दुधौली नगरपालिका–९ का ५५ वर्षीय हरि राउतको सिन्धुलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।