images
images

मन्थलीमा सुनकोशी मरिन डाईभर्सनको टिपर अनियन्त्रित भई खस्दा चालकको मृत्यु

  • ४ फाल्गुन २०८०, शुक्रबार १३:४७

रामेछाप । रामेछापको मन्थलीमा सुनकोशी मरिन डाईभर्सनको टिपर काम गर्ने क्रममा अनियन्त्रित भई खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका ४ गौरीडाँडाका ५० वर्षिय जयबहादुर माझी रहेका छन् । आज बिहान रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट सिल्लीबजार स्थित सुनकोशी मरिन डाईभर्सनको बा २ क ४५०७ नम्बरको टिपर काम गर्ने क्रममा अनियन्त्रित भएको थियो । सो क्रममा सडकबाट करिब १५० मिटर तल खस्दा टिपर चालक माझीको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनाएको छ ।