images
images

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना हुँदा ७ जना घाईते

  • ६ बैशाख २०८१, बिहीबार १३:१६

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका २ बेलामा सवारी दुर्घटना हुँदा ७ जना घाईते भएका छन् ।

घाईतेमध्ये महोत्तरी ३ की ३९ बर्षीया दुर्गा बराईलीको अवस्था गम्भीर रहेको छ । सवारी दुर्घटनामा महोत्तरी बर्दिबासकी ५२ बर्षिया रासुदेवी महरा, सोही स्थानकी ४८ बर्षिया सुमिन्द्र देवी, सर्लाही लालबन्दीकी ३५ बर्षिया सबिना थपलिया घाईते भएका छन् । उनीहरु तिनैजना बेहोस अवस्थामा रहेको काभ्रे प्रहरीले जनाएको छ । दुर्घटनामा सबिनाकी छोरी ८ बर्षिया सन्हया थपलिया, महोत्तरी ३ की ३४ बर्षिय सुमन बिक, चालक धनुषास्थित यज्ञे भूमि नगरपालिका ८ का ५५ बर्षिय बिषेश्वर बुर्गामगर पनि घाईते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । आज बिहान ११ः३० बजे भएको दुर्घटनामा सुमोमा सवार १० जनामध्ये ७ जना घाईते भएका हुन् ।

घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बेला स्थित बिपि लोकमार्गमा भकुण्डेबाट धुलिखेल जाँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।