images
images

तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटनाः २ जनाको मृत्यु, १६ घाईते

  • ७ फाल्गुन २०८०, सोमबार ०८:०६

तनहुँ । तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–१ गिरौनचौरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुने दुवै जनाको सनाखत नभएको प्रहरीले जनाएको छ । बरादी–लेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो दुर्घटना भएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।