images
images

रामेछापका एक युवक ललितपुरमा मृत फेला

  • ७ बैशाख २०८१, शुक्रबार ०७:५१

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिकाका एक युवक ललितपुरको झाँक्रीडाँडामा मृत्त फेला परेका छन् ।

सुनापति गाउँपालिका–१ का २१ वर्षीय राहित गौतम मृत्त अवस्थामा फेला परेका हुन् । उनी बुधवार घरबाट निस्किदेखि सम्पर्क विहिन भएका थिए । उनी सम्पर्कविहिन भएलगत्तै परिवार, आफन्तजन र प्रहरीको खोजीमा उनी मृत्त भेटिएका हुन् । गौतको शव र सवार रहेको स्कुटर ललितपुरको कान्ति लोकमार्गस्थित झाक्रीडाँडामा सडकबाट भीरमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन परिवारले प्रहरीलाई आग्रह गरेका छन् ।