images
images

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतक दुई जनाको सनाखत, गम्भीर ७ घाईतेको उपचार हुँदै

  • ७ बैशाख २०८१, शुक्रबार ०९:३६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा तौथलीमा जन्ती बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ ।

सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईका अनुसार बस दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी र शिव श्रेष्ठ रहेका छन् । मृत्तक अर्का एक जनाको भने पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाईते भएका ७ जनालाई खाँडीचौस्थित सिन्धु सदाबहार अस्पतालमा पु¥याइएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो । दुर्घटनामा ५२ जना घाईते भएकोमा ७ जना बाहेक अन्यको अवस्था सामान्य रहेको र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दोलखाको सुष्पाक्षमावतीबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान तौथली नजिकै दुर्घटना भएको थियो ।