images
images

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतक तीनै जना दोलखाको सुष्पाक्षमावतीका

  • ७ बैशाख २०८१, शुक्रबार १०:०४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोका तौथलीमा जन्ती बस दुर्घटनामा परी मृत्यु हुने तीनै जना दोलखाका रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । उनीहरु तीनै जनाको विवाहमा जन्ती जाने क्रममा मृत्यु भएको हो । दोलखाबाट सिन्धुपाल्चोक जन्ती लिएर जाँदै गरेको बस आज बिहान तौथलीमा दुर्घटना भएको थियो । दुर्घटनामा बेहुलासहित ५२ जना घाईते भएका थिए । घाईते मध्ये गम्भीर ७ जनाको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ ।

जन्ती बोकेको बस भीरबाट खोचमा खसेका कारण घाईतेको उद्धारमा समेत कठिनाई भएको थियो । दुर्घटनाको कारण नखुलेको र घटनाकाबारेमा अनुुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।