images
images

संखुवासभा जाँदै गरेको माइक्रोबस दुर्घटना,१९ जना घाइते

  • ८ बैशाख २०८१, शनिबार ०८:०६

काठमाडौँ । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस आज बिहान धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो । दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।