images
images

भक्तपुर जान्छु भनि हिँडेका पुरुष जंगलमा मृत फेला

  • ८ बैशाख २०८१, शनिबार ०८:४४

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका एक पुरुष जंगलमा मृत फेला परेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका ३ बाँसघारीका ४२ बर्षिय राजकुमार न्यौपाने जंगलमा मृत फेला परेका हुन् । भक्तपुर जान्छु भनि घरबाट हिँडेका न्यौपाने धुलिखेल नगरपालिका ७ स्थित बेईनिङ प्लानको जंगलमा मृत अवस्थामा फेला परेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । घाँस काट्न जंगल गएका स्थानीयले न्यौपानेलाई मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।