images
images

तामाकोशीमा वेपत्ता भएका दुईमध्ये एक पुरुषको शब फेला

  • ८ बैशाख २०८१, शनिबार १३:०४

दोलखा ।

तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुषमध्ये एकजनाको शब फेला परेको छ ।
पौडी खेल्ने क्रममा वेपत्ता भएका गौरीशंकर गाउँपालिका ८ खारेका ३८ वर्षिय जयबहादुर तमाङको शब फेला परेको हो । घटनास्थलबाट करिब १ किलोमिटर टाढा बिगु ३ जामुने स्थित तामाकोशी किनारमा उनको शब फेला परेको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक बिक्रम लामाले जानकारी दिनुभयो । स्थानीय र प्रहरीले विहानैदेखि वेपत्ता भएकाहरुको खोजी कार्य जारी राखेकोमा जयबहादुरको मात्रै शव फेला परेको हो । जयबहादुरको शब पोष्टमार्टमका लागि पशुपति चौलागाईँ समृति अस्पताल चरिकोटमा ल्याउदै गरिएको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

पौडी खेल्ने क्रममा वेपत्ता भएका गौरीशंकर ८ खारेका अन्दाजी २९ वर्षिय सिमबहादुर तमाङ भने अझै फेला पर्न सकेका छैनन् । उनको खोजी कार्य जारी रहेको खारेका वडाअध्यक्ष दावारेन्जी शेर्पाले जानकारी दिनुभयो । हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनि हिँडेका दुई जना वेपत्ता भएका थिए । आज बिहान घटनास्थलबाट सिमबहादुरले बोकेको खुकुरी र ज्याकेट तथा जयबहादुरको ट्रयाक र मोबाईल फेला परेको थियो । सोही आधारमा प्रहरी र स्थानीय खोजी कार्यमा जुटेका छन् ।