images
images

मोटरसाईकल दुर्घटनाः ओखलढुंगाका युवकको मृत्यु

  • ९ बैशाख २०८१, आईतवार ०८:२३

काठमाडौँ । भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा ओखलढुंगाका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका घर भई हाल भक्तपुरकै चाँगुनारायण नगरपालिका ७ खरिपाटीमा डेरागरी बस्दै आएका ४० वर्षिय रामराज राई रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकलको पछाडि सवार राईको उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार राईको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि मोटरसाईकल चालक उदयपुरको गाईघाट घर भई हाल भक्तपुरको खरिपाटीका २४ वर्षिय अबिन कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल खरिपाटीबाट कमलबिनायकतर्फ जाने क्रममा चाँगुनारायण नगरपालिका ७ भद्रकालीमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।