images
images

दाङमा बस दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

  • ८ माघ २०८०, सोमबार ०७:५०

दाङ । दाङमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

गेरुवा गाउँपालिका–१ का भीमनाथ योगी र युवराज चौधरीको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो । बर्दियादेखि काठमाडौँ जाँदैै गरेको प्रदेश–३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । बसमा ४७ जना सवार रहेकामध्ये दुई जनाको मृत्यु भएको र बस चालक र अर्का एक जना घाइते भएका छन् ।

श्रेष्ठका अनुसार दुर्घटनामा परी घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको छ भने अन्य यात्रु भने सकुशल रहेका छन् । बसको पत्ता भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।