images
images

रामेछापमा अटो दुर्घटनाः चालकसहित तीन जना घाईते

  • १० फाल्गुन २०८०, बिहीबार १८:२८

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा अटो दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा अटो चालक मन्थली नगरपालिका–८ चिसापानीका ३० वर्षीय जयराम माझी, खाँडादेवी गाउँपालिका–४ रजगाउँका २४ वर्षीय बाबुराम माझी र सोही स्थानका ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । खाँडादेवी गाउँपालिका–४ कल्चौडे स्थित पकरवासबाट मन्थलीतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ह ००६९ नम्बरको अटो आफैँ अनियन्त्रित भएर आज दुर्घटना भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको मन्थली अस्पतालबाट थप उपचारका लागि ट्रमा सेन्टरमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।