images
images

लहरी गाडी घरमाथि खस्दा तीन वालवालिकाको मृत्यु

  • ११ फाल्गुन २०८०, शुक्रबार १२:५५

मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा लहरी गाडी घरमाथि खस्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

बुढीगंगा ४ प्रगती टोलमा लहरी गाडी खस्दा एकै परिवारका दुई बालवालिका र अर्की एक वालिकाकोे मृत्यु भएको हो । मृत्यु हुनेमा बुढीगंगा ४ की ६० वर्षीया ज्योती अधिकारीको चार वर्षिया छोरी ईसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ बर्षीया छोरी रिहा खवास रहेका छन् । पल्टिएको लहरीले थिचेर तीन जना वालवालिकाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा बालवालिकामा आमाहरु ज्योती र सन्जु खवास घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । घटनास्थलबाट ढुंगा पन्छाएर शब निकाल्ने प्रयास भैरहेको मोरङका प्रबक्ता डिएसपी रन्जन दहालले जानकारी दिनुभयो ।