images
images

दोलखाको ठुलोपातलमा रुखले किचेर ३८ वर्षीया महिलाको मृत्यु

  • ११ फाल्गुन २०८०, शुक्रबार १८:४६

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलमा रुख काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलका जितबिर पाख्रिनकी श्रीमती ३८ वर्षीया अनिता तामाङको रुखले थिचेर मृत्यु भएको हो । आज बिहान दाउराका लागि रुख काट्ने क्रममा काटेको रुख अर्को रुखमा ठोक्किएर अनिताको टाउकोमा लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका प्रमुख, प्रहरी निरिक्षक शरण मर्हजनले जानकारी दिनुभयो ।

रुखले किचेर गम्भिर घाइते भएकी अनितालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बिच बाटौमै मृत्यु भएको जिरी नगरपालिका-९ का वडा अध्यक्ष ज्ञानु पाख्रिनले जानकारी दिनुभयो । सो घटना आज बिहान करिब साँढे १० बजे भएको हो ।