images
images

सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • १० माघ २०८०, बुधबार ०६:३७

सिन्धुली । सिन्धुलीमा सवारी दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका–२ का ६३ वर्षीय रने तामाङको सवारी दुर्घटना हुँदा मृत्यु भएको हो । सो दुर्घटनामा परी मकवानपुरको मकवानपुर गढी गाउँपालिका–२ का ६३ वर्षीय विष्णुबहादुर थिङ भने घाइते भएका छन् । कमलामाई नगरपालिका–९ कोरुंङ्खोला स्थित मदनभण्डारी लोकमार्गमा डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र २–०४–००१ त ००१० नम्बरको ट्याक्टरले विपरीत दिशा रौतहटबाट डकाहा तर्फ जाँदै गरेका बा ५८ प ९१४१ नम्बरको र ना. ११ प ५७५० नम्बरको मोटरसाइकलाई हिजो बेलुकी ठक्कर दिएको थियो । बसको ठक्करबाट दुवै मोटरसाइकल चालक घाइते भएका थिए ।

घाइते भएका उनीहरुमध्ये बा ५८ प ९१४१ नम्बरका मोटरसाइकल चालक तामाङकोे जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको सिन्धुलीको प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ना. ११ प ५७५० नम्बरको मोटरसाइक चालकको भने जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल, ट्रयाक्टर र ट्रयाक्टर चालक सिन्धुली नगरपालिका–२ का ४५ वर्षीय पुष्पलाल अधिकारीलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।