images
images

तामाकोशीमा ट्रयाक्टर ब्रेक फेल हुँदा चालकसहित चार जना घाईते

  • १२ फाल्गुन २०८०, शनिबार १४:२६

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा ट्रयाक्टर ब्रेक फेल हुँदा चालकसहित चार जना घाईते भएका छन् ।

तामाकोशी गाउँपालिका ३ चनौटे स्थित भित्री सडक खण्डमा ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा चार जना घाईते भएका हुन् । राप्चेबाट चनौटेतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु ३ त ३९८७ नम्बरको ट्रयाक्टर अचानक ब्रेक फेल भई सडकको भित्तामा पल्टिँदा ट्र्याक्टरमा सवार ४ जना घाईते भएका हुन् । घाईते हुनेमा चालक रामेछापको गोकुलगंगा गाउँपालिका ५ फर्पुका अन्दाजी ३० बर्षिय टार्जन तमाङ, दोलखाको तामाकोशी गाउँपालिका ३ चनौटेका ३२ बर्षिय बद्री मगराती, तामाकोशी ३ जफेका अन्दाजी ४० वर्षिय दिपक कार्की र सोही स्थानका ३६ बर्षिय हरी बिक रहेका छन् । किर्नेटार प्रहरी चौकीका अनुसार घाईतेमध्ये चनौटेका मगराती र जफेका कार्कीलाई काठमाण्डौ रिफर गरिएको छ । यस्तै चालक तमाङको धुलिखेलको शाखा अस्पताल किर्नेटारमा र बिकको चरिकोट अस्पतालमा उपचार भैरहेको छ । घटनावारे थप अनुसन्धान भैरहेको दोलखा प्रहरीले जनाएको छ ।