images
images

ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएका एक युवकको मृत्यु

  • १३ फाल्गुन २०८०, आईतवार ०८:२९

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाईते भएका चनौटेका एक युवकको मृत्यु भएको छ ।

तामाकोशी गाउँपालिका–३ चनौटेका ३२ बर्षिय बद्री मगरातीको उपचारको क्रममा हिजो साँँझ मृत्यु भएको हो । तामाकोशी गाउँपालिका–३ चनौटे स्थित भित्री सडक खण्डमा ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा चार जना घाईते भएका थिए । घाईतेमध्ये मगरातीसहित दुई जनालाई थप उपचारको लागि हिजो काठमाडौँ रिफर गरिएको थियो ।

यस्तै चालक रामेछापको गोकुलगंगा गाउँपालिका–५ फर्पुका अन्दाजी ३० बर्षिय टार्जन तामाङको धुलिखेलको शाखा अस्पताल किर्नेटारमा र तामाकोशी–३ जफेका ३६ बर्षिय हरी बिकको चरिकोट अस्पतालमा उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ । राप्चेबाट चनौटेतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु ३ त ३९८७ नम्बरको ट्रयाक्टर अचानक ब्रेक फेल भई सडकको भित्तामा पल्टिँदा ट्याक्टर दुर्घटना भएको थियो ।