images
images

कर्तव्य ज्यान मुद्धाका आरोपी साधारण तारेखमा रिहा

  • ९ श्रावण २०८०, मंगलवार १९:३१

दोलखा । दोलखामा कर्तव्य ज्यान मुद्धाका आरोपी साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत दोलखाले गौरीशंकर गाउँपालिका–३ महतराका ४५ वर्षिय नारायण बहादुर खत्री रोकिराखेको यात्रुवाहक बसभित्र मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका तीन जना आरोपिलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । जिल्ला न्यायधिश डिल्लीरत्न श्रेष्ठको इजलासमा आईतबार भएको थुनछेकको बहसपछि कर्तव्य ज्यान मुद्धाका आरोपीहरु साधारण तारेखमा रिहा भएका हुन् । गत असार १५ गते कालिञ्चोक गाउँपालिका–४ बञ्चरेमा रोकिराखेको बा ३ ख ८३९ नम्बरको यात्रुबाहक बसभित्र खत्री मृत फेला परेका थिए ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दोलखाको भीमेश्वर नगरपालिका–९ का विकास तमाङ, भीनपा ५ का अनुप कार्की र सिन्धुपाल्चोकका सुमन श्रेष्ठलाई पक्राउ गरेको थियो । उनीहरु दुई जना बसका कर्मचारी हुन् भने एक जना बञ्चरे घुम्न गएका पुरुष हुन् । घटना लगत्तै पक्राउ परेका उनीहरुविरुद्ध दोलखा प्रहरीले कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।

दोलखामा कर्तव्य ज्यान मुद्धाका आरोपी साधारण तारेखमा रिहा भएका छन् । सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा १ सय ७७ अनुसार उनीहरुलाई कारवाही हुनुपर्ने माग दावी सहित अदालतमा मिसिल पेश गरेको थियो । मुलुकी अपराध संहिताको दफा १ सय ७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । अदालतको आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा जाने भएको छ । माग दावी अनुसार अदालतबाट आदेश नआएपछि आफुहरु उच्च अदालतमा जाने तयारीमा रहेको जिल्ला न्यायधिवक्ता जिल्ला न्यायधिवक्ता अर्जुन कोइरालाले बताउनुभयो ।

सरकारी वकिलको कार्यालयले पनि मुलुकी अपराध संहिताको दफा १ सय ७७ अनुसार उनीहरुलाई कारवाही हुनुपर्ने माग दावी सहित अदालतमा मिसिल पेश गरेको थियो । मुलुकी अपराध संहिताको दफा १ सय ७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन । यस दफाको प्रयोजनका लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याएमा तत्कालै ज्यान नमरी सोही चोटको परिणम स्वरुपपछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मनिनेछ । उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई जन्मकैदको व्यवस्था हुने सो ऐनमा उल्लेख छ ।

जिल्ला न्यायधिवक्ता अर्जुन कोइरालाले बञ्चरे घटनाका दोषिलाई मुलुकी अपराध संहिताको दफा १ सय ७७ अनुसार माग दावि गरिए पनि दोलखा जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा छोडेको बताउनुभयो । अदालतको आदेश विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा जाने भएको छ । माग दावी अनुसार अदालतबाट आदेश नआएपछि आफुहरु उच्च अदालतमा जाने तयारीमा रहेको जिल्ला न्यायधिवक्ता  कोइरालाले बताउनुभयो ।

असार १४ गते काठमाडौं आएको बस बञ्चरेमा पुगेर बास बसेको थियो । सोही बसभित्र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा गौरीशंकरको महतराका खत्रीको शव फेला परेको थियो । सो घटनापछि मृतकका आफन्तजनले दोलखा–सिंगटी सडकखण्ड नै बन्द गराएका थिए भने घटना भएको चार दिनपछि मात्रै शव बुझेका थिए ।