images
images

सिन्धुलीमा मोटरसाइकल र अटो आपसमा ठोक्किँदा घाइते भएका पुरुषको मृत्यु

  • १४ फाल्गुन २०८०, सोमबार १५:४९

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा सवारी दुर्घटनामा परी घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

मोटरसाइकल र अटो आपसमा ठोक्किँदा घाइते भएका मोरङको कानेपोखरी गाउँपालिका–७ का ४२ वर्षीय राजेश बेगाको मृत्यु भएको हो । काठमाडौंस्थित ट्रमा सेन्टरमा उनको उपचारको क्रममा आज मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । फागुन ११ गते कमलामाई नगरपालिका–९ स्थीत मदनभण्डारी लोकमार्गमा काठमाडौंबाट ईटहरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३० प ०००५ नम्बरको मोटरसाइकल र विपरीत दिशा डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ह २१९० नम्बरको अटो आपसमा ठोक्किँएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक मोरङको कानेपोखरी गाउँपालिका–७ का ४० वर्षीय जित बहादुर बस्नेत र मोटरसाइकलको पछाडी सवार बेगा घाइते भएका थिए । घाइतेमध्ये बेगाको सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारको लागि ट्रमा सेन्टर पठाइएकोमा आज उपचारको क्रममा मृत्यु भएको हो । अटो र सिन्धुलीको कमलामाई नगरपालिका–११ मा बस्ने ४६ वर्षीय अटो चालक श्यामबहादुर माझीलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।