images
images

धुलिखेलमा कार र अन्य दुई वटा सवारी साधन ठोक्किँदा ५ जना घाइते

  • १३ माघ २०८०, शनिबार ०७:३२

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा कारले दुई वटा सवारीसाधनलाई ठक्कर दिँदा चालकसहित ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी स्कुटर चालक पनौती नगरपालिका–११ का २८ वर्षीय मनोज तामाङ, कार चालक धुलिखेल नगरपालिकाका ४० वर्षीय पारस श्रेष्ठ, पिकअप चालक बनेपा नगरपालिकाका २० वर्षीय अभिसेक राउत, सवार नमोबुद्ध नगरपालिकाकी २० वर्षीया लक्ष्मी गजमेर र जिनु साहा घाइते भएका हुन् । घाइतेमध्ये लक्ष्मीको भने अवस्था गम्भीर छ भने अन्यको मध्यम रहेको छ । धुलिखेल नगरपालिका–४ स्थित अरनिको लोकमार्गमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–२५ च ८४२५ नम्बरको कारले धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ८५ प ६५०६ नम्बरको स्कुटरलाई ठक्कर दिई सोही कारले बनेपाबाट धुलिखेल आउँदै गरेको बागमती प्रदेश ०१–२४ च ९४८५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

सो दुर्घटना परी घाइतेहरुको धलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन वटै सवारी साधनमा क्षति भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।