images
images

सर्लाहीमा स्कारपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

  • १५ फाल्गुन २०८०, मंगलवार ०९:२५

सर्लाही । सर्लाहीमा स्कारपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही स्थानका १९ वर्षीय अजय महतो रहेका छन् । कौडेना गाउँपालिका–३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरु गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको सर्लाहीका सूचना अधिकारी दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीउ एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाई ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।