images
images

मोटरसाईकल चलाएका बुबाले ज्यान गुमाए, पछाडि सवार छोरी गम्भीर घाईते

  • १४ माघ २०८०, आईतवार १५:०५

चितवन । चितवनमा जिपको ठक्करबाट बुबाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।

भरतपुर महानगरपालिका १६ का ४१ वर्षीय मधुसुदन खत्रीको जिपको ठक्करबाट मृत्यु भएको हो । भरतपुर शिवघाटस्थितको शरणबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ००१ च ११९७ नम्बरको जिपले बागमती प्रदेश ००३ प ८६२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने चालक र जिपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।