images
images

ललितपुरमा जर्मनी महिला मृत फेला, मृत्यु शंकास्पद

  • १५ माघ २०८०, सोमबार १३:५५

काठमाडौँ । ललितपुरको मंगलबजारमा जर्मनकी एक महिला मृत्त फेला परेकी छन् ।

जर्मनी नागरिक अन्दाजी ५५ वर्षीया एडि इल एचइडी आज मंगलजबजारस्थित नकिबहालमा मृत्त फेला परेकी हुन् । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत्त अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार मृत्तक महिलाको टाउकोमा चोट देखिएकाले मृत्यु शंकास्पद देखिएको छ । मृतक महिला एक वर्षदेखि ललितपुरको मंगलबजार क्षेत्रमा बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।