images
images

त्रिशूली नदीमा ट्याक्सी खस्दा चालकसहित ५ जनाको मृत्यु

  • १७ चैत्र २०८०, शनिबार ०८:२३

काठमाडौं । त्रिशूली नदीमा ट्याक्सी खस्दा चालकसहित ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो । काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको टयाक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी लोकमार्ग सडकबाट त्रिशूली नदीमा खस्दा पाँँच जनाको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।