images
images

भक्तपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, एक गम्भिर घाइते

  • १७ माघ २०८०, बुधबार ११:३८

काठमाण्डौँ । भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

भक्तपुरको चार दोबाटो आकाशे पुल नजिक रोकिराखेको गाडीमा मोटरसाईकल ठोक्किँदा चालक सुर्यबिनायक नगरपालिका–२ बालकोटका २४ वर्षीय समन भुजेलको मृत्यु भएको हो । भक्तपुरबाट काठमाडौं जाने लेनमा टायर पंचर भएर बाँटोमा रोकिराखेको बा ५ ख २५१ नम्बरको निशान गाडीमा सोही दिशाबाट जादै गरेको प्रदेश ३–०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परी भुजेल गम्भिर घाइते भएका थिए घाइते उनलाई उद्धारा गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार बालकोट–३ का २० वर्षीया सोफिया ठकुरी भने गम्भिर घाइते भएकी छन् ।  उनको भक्तपुर इन्टरनेशन अस्पताल थिमीमा उपचार भइरहेको छ ।