images
images

सिन्धुपाल्चोकमा दुई भुटानी नागरिकको ज्यान गयो

  • १७ माघ २०८०, बुधबार १४:३०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी आज भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमोको मृत्यु भएको हो । हेलम्बु गाउँपालिका–१ दोरिमबाट खारपाङ जाने क्रममा बा २ च ४४५० नम्बरको जीप आज दुर्घटना भएको हो । सो दुर्घटनामा परी घाइते भएका अन्य पाँचजनामध्ये तीनजनालाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल लगिएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकका जिप चालक चन्द्र भण्डारीको भने अवस्था सामान्य रहेको छ ।