images
images

कास्कीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

  • १८ चैत्र २०८०, आईतवार १८:२९

कास्की । कास्कीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।

दुर्घटनामा परी मृत्यु पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनको उपचारको क्रममा मृत्यु भएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा ग १ ज ५५४७ नम्बरको जीप आज दिउँसो दुर्घटना भएको कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार घाईतेहरुलाई उद्धार गरी उपचारका लागि मणिपालसहितका अस्पतालमा लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।