images
images

खानेपानी समितिको विवादले उपभोक्ता मारमा, चरिकोटका १५ सय घरधुरीमा आपूर्ति ठप्प

  • १८ चैत्र २०८०, आईतवार १८:३२

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा रहेका दुई खानेपानी आयोजनाको विवादले उपभोक्ता मारमा परेका छन् ।

चरिकोट बजारका उपभोक्ताले पहिलेदेखि उपभोग गर्दै आएको चरिकोट खानेपानी उपभोक्ता समिति र करिव एक करोडको लागतमा बनेको चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था (स्मल टाउन खानेपानी आयोजना) वीचको द्धन्द्धका कारण उपभोक्ताहरु मारमा परेका हुन् । दुई संस्था वीचको विवादका कारण भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ का अधिकाँश उपभोक्ताले चरिकोट खानेपानीको पानी उपभोग गरिरहेका छन् भने घर–घरमा मिटर जोडेको स्मल टाउनले खानेपानी प्रयोग नगरेका उपभोक्ताहरुलाई पनि मासिक शुल्क तिर्न ताकेता गरिरहेको छ ।

१५ महिना अघि निर्माण सम्पन्न भएको स्मल टाउन खानेपानीले भीमेश्वरको वडा नम्बर ३ र ६ का अलावा वडा नम्बर २ दोलखा, वडा नम्बर ४ जिलु, वडा नम्बर ५ माटीको होक्सिला र वडा नम्बर ७ को केही वस्तीमा समेत खानेपानी बितरण गरेको छ । चरिकोट खानेपानीको मुहानलाई स्मल टाउन खानेपानीले प्रयोग गर्न पाउने कि नपाउने ? भन्ने विवादले उग्ररुप लिएको छ । विवाद उत्कर्षमा पुगेका बेला चरिकोट खानेपानीको ‘मुहान र टैंकी’ स्मल खानेपानीले परिक्षणकालागि प्रयोग गर्न थालेपछि चरिकोटमा खानेपानीको हाहाकार भएको छ । चरिकोट खानेपानीको पुरानो धारामा पानी आउन छाडेको छ ।

विवाद उत्कर्षमा पुगेका बेला चरिकोट खानेपानीको ‘मुहान र टैंकी’ स्मल खानेपानीले परिक्षणकालागि प्रयोग गर्न थालेपछि चरिकोटमा खानेपानीको हाहाकार भएको छ । चरिकोट खानेपानीको पुरानो धारामा पानी आउन छाडेको छ । दुई संस्था वीचको विवादका कारण भीमेश्वर नगरपालिका वडा नम्बर ३ र ६ का अधिकाँश उपभोक्ताले चरिकोट खानेपानीको पानी उपभोग गरिरहेका छन् भने घर–घरमा मिटर जोडेको स्मल टाउनले खानेपानी प्रयोग नगरेका उपभोक्ताहरुलाई पनि मासिक शुल्क तिर्न ताकेता गरिरहेको छ ।

वडा नम्बर ३ र ६ का अधिकाँश घरधुरीले स्मल टाउन खानेपानीको पानी जडान नगरेका कारण पनि समस्या चुलिएको छ । रामकोट, घेवापानी, चरिकोट वीच बजार लगायतका क्षेत्रमा हिजोदेखि खानेपानी आपूर्ति हुन सकेको छैन । यस बिषयमा जानकारी लिन खोज्दा चरिकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष बद्रिकुमार श्रेष्ठसंग कुराकानी हुन सकेन । पटक–पटक फोन गर्दा पनि श्रेष्ठ सम्पर्कमा आएनन् । उता चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवाहक अध्यक्ष कृष्णवहादुर खड्काले खानेपानीका सवै मुहान फर्काएर चरिकोटस्थित साँढे ३ लाख लिटर क्षमताको टैंकी भर्ने काम भएको र अवको २४ घण्टाभित्रै सवै धारामा पानी उपलव्ध हुने बताउनुभयो । उहाँले सडक र नाला निर्माणको क्रममा पाइपमा क्षेति पुगेको क्षेत्रमा भने खानेपानी पठाउन नसकिएको जानकारी दिनुभयो ।

यसैवीच, चरिकोटसहित भीमेश्वरको बिभिन्न वडाहरुको खानेपानी सम्वन्धी समस्या समाधानकालागि नगरपालिकाले वडा नम्बर ४ का वडाध्यक्ष एवँ प्रवक्ता तारानाथ चौंलागाईको संयोजकत्वमा कार्य दल बनाएको छ । वडाध्यक्षहरु नविनकुमार लामा, बासु श्रेष्ठ, बिनोद लामा, हरिशरण शिवाकोटी, स्टालिन श्रेष्ठ र माधव थामी तथा नगरपालिकाका इन्जिनियर नारायण शिवाकोटी सदस्य रहेको कार्य दललाई चरिकोट खानेपानी र स्मल टाउन खानेपानी आयोजना वीचको विवाद मिलाउन तथा वैज्ञानिक खानेपानी महशुल निर्धारण गर्ने जिम्मेवारी दिइएको छ ।

कार्य दलका संयोजक चौंलागाईले कार्य दलले काम सुरु गरिसकेको र खानेपानी सम्वन्धी विवाद चाँडै समाधान हुने दावी गर्नुभयो । उहाँले खानेपानी समिति र संस्थाका बारेमा अध्ययन भइरहेको भन्दै उपभोक्ताहरुलाई सहुलियत दरमा खानेपानी उपलव्ध गराउने गरी महशुल निर्धारण गरिने प्रतिक्रिया दिनुभयो । चरिकोट खानेपानीका करिव १५ सय उपभोक्ता रहेका छन् भने ९४ लाख लागतमा बनेको चरिकोट खानेपानी तथा सरसफाइ संस्थाले ५ हजार १ सय उपभोक्ता मध्ये ४ हजार ५ सय बढी घरधुरीमा खानेपानीको मिटर जडान भइसकेको जनाएको छ ।