images
images

सिन्धुलीमा अस्पताल र सवारी साधन तोडफोड गर्ने पाँच जना पक्राउ

  • १७ जेष्ठ २०८०, बुधबार १५:४४

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाकी एक महिलाको सुत्केरी हुने क्रममा मृत्यु भएको विषयलाई लिएर अस्पताल तोडफोड गर्दै कर्मचारीमाथि आक्रमण गर्ने पाँच जना पक्राउ परेका छन् ।

जेठ ९ गते कमलामाई नगरपालिका ५ की गंगाकुमारी श्रेष्ठको सुत्केरी हुने क्रममा मृत्यु भएको विषयलाई लिएर अस्पतालमा तोडफोड गर्दै विपि लोकमार्गमा आवतजावत गर्ने सवारी साधनमा क्षति पु¥याउने पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ का पुष्प थापामगर, सोही स्थानका उमेश श्रेष्ठ, वडा नम्बर ७ माझिटारका सुनमाँया बल, वडा नम्बर ११ भिरगाउँका नेत्र बहादुर थापा मगर र सोही स्थानका रत्न बहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ अन्र्तगत अपराधिक उपद्रोको कसुर बमोजिम जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको सिन्धुलीका प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।