images
images

पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक मृत फेला

  • १८ चैत्र २०७८, शुक्रबार १५:५६

रामेछाप । रामेछापस्थित तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।

जिल्लाको मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ का १९ वर्षीय इशान विश्वकर्मा मृत फेला परेका हुन् । म्यादी प्रहरीका लागि मन्थली गएका उनी आज मध्यान्ह करिब साढे १२ बजे उनी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

नदीमा पौडी खेल्न जाने स्थानीय माझी, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले खोजतलास गर्ने क्रममा उनी दिउँसो करिब ३ बजे मृत फेला परेको रामेछापका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।