images
images

सामाजिक सञ्जालमा जथाभावी लेख्ने वा सेयर गर्नेलाई कारबाही हुने

  • ३० चैत्र २०८०, शुक्रबार १८:३२

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरो (सिआईबी) ले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, लाइक, कमेन्ट वा सेयर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

साइबर ब्यूरोले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा दोष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने कार्य भइरहेको भन्दै ब्यूरोले यस्तो चेतावनी दिएको हो । साइबर ब्यूरोले प्रचलित कानुनले बन्देज गरेका यस्ता गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ । कानुनको उल्लंघन हुने कुनै गतिविधि भएको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही गरिने भएको छ ।