images
images

चरिकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

  • १८ चैत्र २०७९, शनिबार ०९:१५

जिरी (दोलखा) । दोलखाको भीमेश्वर नगरपालिकामा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज विहान करिब ७ः४५ बजे भिमेश्वर नगरपालिका ७ स्थित दुधडेरी नजिकै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । ट्रकको ठक्करबाट काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका २० वर्षीय राजु मगरको मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक धर्मेस कुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका मगरको च्छोरोल्पा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएका छन् । उनको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको छ ।