images
images

काभ्रेस्थली घटना : श्रीमान–श्रीमतीको विवादले यसरी गयो परिवारकै ज्यान

  • १६ श्रावण २०७९, सोमबार १५:५८

काठमाण्डौको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा श्रीमान–श्रीमतीको विवादले पुरै परिवारको ज्यान गएको छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित काभ्रेस्थली, पदमसालमा पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिनुभयो । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।

स्थानीयका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुँदै आएकोे थियो । उनीहरुको विवादको घटना प्रहरीको बलाजु वृत्तसम्म पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर, विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए । सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने तर, आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि निवेदन दिएको खुलेको छ । उनको भिषा समेत लागेको थियो । बेलायत जाने तयारीकै क्रममा उनले फेन्सी पसल बेचेकी थिइन् भने सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरेकी थिइन् । तर, बेलायत जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा बढी स्थानमा चक्कुले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय विवाद हुँदै आएकोे थियो । उनीहरुको विवादको घटना प्रहरीको बलाजु वृत्तसम्म पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर, विवाद नमिलेपछि दिनेशले सम्बन्धविच्छेद मागेका थिए । सुनिताले भने छोराछोरीका लागि भएपनि सम्बन्धविच्छेद नगर्ने तर, आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि निवेदन दिएको खुलेको छ । तर, श्रीमती सुनिता बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप हुन पुगेको छ ।

प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ स्थायी घर भएका उनीहरुको पदमसालमा एक तले घर र घर नजिकै चोकमा फेन्सी पसल थियो ।

विवादकै क्रममा श्रीमानले घर बेच्न खोजेपछि विवाद उग्र बनेको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिइ दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै, सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ । तर, श्रीमती सुनिता बेलायत जाने तयारी हुँदै गर्दा परिवार नै सखाप हुन पुगेको छ । शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए ।
घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

शवको प्रकृति हेर्दा राति नै घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । घरको कोठाभित्र श्रीमती भूइँमा र छोराछोरी खाटमा मृत फेला परेका थिए । श्रीमान पासो लगाएको अवस्थामा मृत फेला परेका थिए । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीयका अनुसार छोरा आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा पढथिन् । सधैं झै आज पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर नआएपछि र बोलाउँदा परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए ।

सोही क्रममा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको शव विभत्स अवस्थामा भेटिएको थियो ।