images
images

मोटरसाइकल दुर्घटनामा परी ओखलढुंगाका दुई जनाको मृत्यु

  • १८ फाल्गुन २०७८, बुधबार ०९:२१

काठमाडौं। काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा ओखलढुंगाका दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंको कपन सरस्वती नगरमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगाको हर्कपुर घर भई कपन बस्ने ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् । दुर्घटनामा परी गम्भीर घाईते भएका कार्कीको हेल्पिङ ह्याण्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा ६४ प १३९६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भई दुर्घटना भएको थियो ।