images
images

सिन्धुलीमा हायसको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • १८ फाल्गुन २०७९, बिहीबार १५:१९

सिन्धुली । सिन्धुलीमा हायस गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

यात्रुबाहक हायस गाडीको ठक्करबाट सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ११ की ९ वर्षिया ममता तमाङको मृत्यु भएको हो । कमलामाई नगरपालिका वडा नम्बर ७ मा रहेको सुनिता पेट्रोल पम्प नजिकै विपि लोकमार्गमा बाटो क्रस गर्ने क्रममा हायससले ठक्कर दिँदा ति बालिका गम्भिर घाईते भएकी थिईन् । काठमाडौंबाट काकडभिट्टा तर्फ जाँदै गरेको बा ४ ख ६६७३ नम्बरको यात्रुबहाक गाडीले ठक्कर दिँदा गम्भिर घाईते भएकी ति बालिकालाई उपचारका लागि सिन्धुली अस्पतालमा लगिएको थियो ।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दहालले जानकारी दिनुभयो ।