images
images

तीन जिल्लामा मतगणना जारी, सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि 

  • १६ मंसिर २०७९, शुक्रबार ०८:१८

जिरी (दोलखा) । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत दोलखासहित तीन जिल्लामा मतगणना जारी छ ।

दोलखा, बाजुरा र स्याङ्जा–२ मा मतगणना जारी रहेको हो । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा मतगणना भइरहेको छ । दोलखामा माओवादी केन्द्रका गङ्गा कार्कीको अग्रता कामयै रहेको छ । पछिल्लो विवरण अनुसार कार्कीले ३ हजार २ सय २४ मत पाएका छन् । यसैगरी, एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ४ सय ७० मत प्राप्त गरेका छन् । माओवादीका कार्की र एमालेका शिवाकोटीबीचको मतान्तर १ हजार ७ सय ५४ रहेको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरामा गठबन्धनका उम्मेदवार कांग्रेसका बद्रि पाण्डेले आग्रता लिएका छन् । कांग्रेसका पाण्डेले हालसम्म ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १ सय ३० मतसहित पछ्याइ रहेका छन् । पाण्डे र थापाबीचको मतान्तर १ हजार २ सय ६९ रहेको छ । स्याङ्जाको क्षेत्र नम्बर–२ मा पनि मतगणना जारी छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

उनले नेकपा एमालेकी पद्यमा अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्दै ११ हजार ९ सय २० मत प्राप्त गरेका छन् । एमालेकी अर्यालले ९ हजार ५ सय २ मत पाएकी छन् । स्याङजा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १ सय ९२ मत पाएका छन् ।