images
images

पेरिसडाँडामा दोलखा माओवादीको जमघट, नेताहरुले दिए शुभकामना

  • ३० चैत्र २०८०, शुक्रबार १५:५३

दोलखा । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले पेरिसडाँडामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

समितिले नयाँ वर्षको पूर्बसन्ध्यामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौँमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एबम् प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, माओवादी केन्द्रीय सदस्य एबम् दोलखा जिल्ला ईन्चार्ज विशाल खड्का, संबिधान सभा सदस्य हेम श्रेष्ठ, नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन, बलराम थापा, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की लगायतका नेता तथा जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, सहयोगी, सुभेच्छुकहरुको पनि उपस्थिति थियो । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष हरि फुयाँलको अध्यक्षतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।