images
images

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुरले पाए विश्वासको मत

  • ३० चैत्र २०८०, शुक्रबार १६:०५

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुुभएको छ ।

मुख्यमन्त्री महराले ८६ सदस्यीय प्रदेशसभामा ४८ मत प्राप्त गरी विश्वासको मत प्राप्त गर्नुभएको हो । उहाँलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदले समर्थन गरेका थिए ।
प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनुपस्थित भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै उहाँ एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १÷१ जना विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।