images
images

सुनको मुल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार ८ रुपैँयामा कारोवार

  • १७ मंसिर २०८०, आईतवार ११:४२

काठमाडौं । सुनको मुल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

छापावाला सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैँया पुगेर नयाँ रेकर्ड बनाएको हो । यो मुल्य अहिलेसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि विहिवार प्रतितोला १ लाख १९ हजार ३ सय रुपैँयाको उच्च रेकर्ड बनेको थियो । शुक्रवार ३ सय रुपैँयाले घटेर १ लाख १९ हजारमा कारोवार भएको सुन आज एकैदिन १८ सय रुपैँयाले बढेको हो ।

अन्तराष्ट्रिय बजारमा मुल्य बढेपछि नेपाली बजारमा पनि त्यसको असर परेको महासंघको भनाई छ । चाँदी पनि आज प्रतितोला १५ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।