images
images

सुनको मूल्यमा नयाँ कीर्तिमान, एक तोलाको १ लाख ३६ हजार

  • २६ चैत्र २०८०, सोमबार १३:०८

काठमाडौँ । सुनको मूल्यले आज नयाँ कीर्तिमान बनाएको छ ।

प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय कायम भएको हो । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रहेको थियो । तेजाबी सुनको मूल्य भने आज प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यस्तै, हिजो प्रतितोला एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ६ सय ८५ कायम भएको महासंघले जनाएको छ ।