images
images

आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयर किनबेच, बजार दोहोरो अंकले घट्यो

  • १ चैत्र २०८०, बिहीबार १६:४४

जिरी(दोलखा) । आज शेयर बजारमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बढी शेयर किनबेच भएको छ ।

आज समग्रमा एक करोड १४ लाख कित्ता शेयर तीन अर्ब ९४ करोड ३५ लाख रुपैंयाको कारोबार भएकोमा सबैभन्दा बढी अपर तामाकोशीको शेयर किनबेच भएको हो । आज सो कम्पनीको ५० करोड ८९ लाख रुपैंयाको शेयर किनबेच भएको छ ।

यसैबीच, आज शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८४ अङ्कले घटेर दुई हजार ८० दशमलव ८७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।