images
images

विद्यार्थीको क्षमता अभिबृद्धिका कार्यक्रम गर्दै एपेक्स स्कूल

  • २२ चैत्र २०८०, बिहीबार १६:४४

दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित एपेक्स स्कुलले बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

एपेक्स स्कूलले बिद्यार्थीहरुलाई आफ्नो जिज्ञासाहरु अभिव्यक्त गर्ने र प्रश्नोत्तर गर्न सक्ने क्षमताको विकासका लागि अन्तरक्रिया कार्यक्रममा सहभागी गराएको हो । एपेक्स स्कूलमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाकी नगर उपप्रमुख कमला बस्नेतले बिद्यार्थीहरुले सोधेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा कक्षा ४ देखि ७ सम्मका बिद्यार्थीहरु सहभागी भएको एपेक्स स्कूलका प्रिन्सिपल नसिव कायस्थले जानकारी दिनुभयो । उहाँले विशेष गरी समाजमा दखल राख्ने व्यक्तिहरुसँग विद्यार्थीहरुको अन्तरक्रिया गर्न, जिज्ञासा र उनीहरुको कुरा सुन्ने एउटा मन्चको रुपमा यसलाई प्रयोग गरिएको बताउनुभयो । यस्ता कार्यले उपयुक्त प्रश्न गर्न सक्ने जनशक्ति उत्पादन हुने विश्वास लिएको प्रिन्सिपल कायस्थको भनाई छ ।

एपेक्स स्कूलले ट्राफिक नियम तथा सडक सुरक्षा अभिमूखिकरण कार्यक्रम, सामुहिक भेला गरी विचार मन्थन गर्ने, नैतिक कथा बाचन गर्ने, छायाँ प्रधानाध्यापक चयन लगायत थुप्रै नयाँ नयाँ गतिबिधिहरु सञ्चालन गर्दै आएको छ । निजी क्षेत्रबाट सञ्चालित एपेक्स स्कूलले अन्तराष्ट्रिय स्तरको २ ठूला अवार्ड प्राप्त गरिसकेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित ११ औँ वल्र्ड स्कूल समिटमा स्कूलले वेस्ट स्कूल विथ एक्टिभ लर्निङ र योङ प्रिन्सिपल अफ द ईयर अवार्ड प्राप्त गरेको हो । चरिकोटको चरिघ्याङमा रहेको एपेक्स स्कुलमा प्रि स्कूलदेखि ७ कक्षासम्म पढाई हुँदै आएको छ । हाल बिद्यालयमा २ सय ५५ जना बिद्यार्थी अध्ययनरत छन् ।