images
images

राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारवाही गर्न निर्देशन

  • ९ बैशाख २०८१, आईतवार १८:५८

काठमाडौँ । राजनीतिक दलका कार्यकारिणी समितिका सदस्य रहेका शिक्षकलाई कारवाही गर्न निर्देशन दिईएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलका कार्यकारीणी समितिका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारवाही गर्न शिक्षा विकास तथा समन्वय ईकाईलाई निर्देशन दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ बैशाख ४ गते बसेको मन्त्रीस्तरीय निर्णय अनुसार अनु्सन्धान गरेर कारवाही गर्न निर्देशन दिईएको केन्द्रले जनाएको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका अधिकृत हरीबहादुर श्रेष्ठले ७७ वटै जिल्लाका ईकाईलाई पपरिपत्र गर्दै कारबाही गर्न निर्देशन दिएका हुन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक /कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भन्दै शिक्षा मन्त्रालयमा उजुरी परेको थियो ।