images
images

काभ्रेपलाञ्चोकमा बस र सुमो आपसमा ठोक्कियोः एक बालक सहित पाँच जनाको मृत्यु

  • २१ बैशाख २०७९, बुधबार १४:३९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा मिनिबस र सुमो आपसमा ठोक्किँदा एक बालक सहित ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ रामपुरका ३० वर्षिय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ की सम्झना भुसाल र उनका ६ वर्षिय छोरा संगित भुसाल, सुनकोसी गाउँपालिका वडा नम्बर १ की ४४ वर्षिया प्रमिला नेपाली र कमलामाई नगरपालिका वडा नम्बर ४ का जिप चालक हरिबहादुर बलको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरु सबै जिपमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी १९ जना घाईते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पर्यटक बोकेको युपी ५८ टी ८१८१ नम्बरको मिनि बस र सिन्धुलीबाट काडमाडौंतर्फ जाँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ मा आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।