images
images

सुर्योदय सहकारीको २८ औं वार्षिक सभा सम्पन्न, कुल पूँजि ११ करोड नाघ्यो

  • १८ कार्तिक २०८०, शनिबार १४:१३

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–३ स्थित सूर्याेदय सहकारी संस्था लिमिटेडको कुल पुँजी ११ करोड ३० लाख २५ हजार ५ सय २२ रुपैयाँ पुगेको छ ।

त्यस मध्ये सेयर पुँजी ६७ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । सूर्योदय सहकारीको वचत निक्षेप ९ करोड ३ हजार ७ सय २७ रुपैयाँ पुगेको छ भने ९ करोड ४० लाख ९७ हजार ४ सय ३० रुपैयाँ ऋण लगानी रहेको छ । यो तथ्याँक गत असार मसान्त सम्मको हो । संस्थाले गत आर्थिक वर्ष गरेको कारोवारवाट ११ लाख ६० हजार ६ सय २८ रुपैयाँ खुद मुनाफा गरेको कोषाध्यक्ष झमकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सदरमुकाम चरिकोटमा आज आयोजित संस्थाको २८ औं वार्षिक साधारणसभाको अवसरमा यस्तो जानकारी दिइएको हो ।साधारण सभाको भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारायण प्रसाद सेढाईले उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्ष कविन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा अर्थभूमि सहकारी संस्थाका उपाध्यक्ष यज्ञबहादुर खत्री, सहकारी बैंक चरिकोटका मेनेजर यशोदा सुवेदी, संस्थाका निर्वतमान अध्यक्ष सुदर्शन कार्की लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव रामप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु वर्षकोे असोज मसान्तसम्म संस्थामा १ हजार ४ सय ७१ जना शेयर सदस्य पुगेको र ३ सय ७३ जना बाल सदस्य रहेको जानकारी दिनुभयो । सभामा लेखा सुरपरिवेक्षण समितिका कार्यवाहक संयोजक भरत बस्नेतले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा दैनिक वचत, मासिक वचत र वाल वचततर्फ उत्कृष्ट वचतकर्ता, उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य तथा असल ऋणिलाई सम्मान पनि गरिएको छ ।