images
images

गौरीशंकर संरक्षण क्षेत्रमा अवैध चोरी शिकारी, कस्तुरीको बिना र यार्सागुम्बा तस्करी

दोलखा । दोलखाको गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको उत्तरी क्षेत्रमा दुर्लभ वन्यजन्तुको अबैध चोरी सिकारी हुने गरेको पाईएको छ ।

संरक्षण क्षेत्र अन्तर्गत चीनको तिब्बतसँग सीमाना जोडिएको लामाबगरको लप्ची क्षेत्रमा कस्तुरी लगायत दुर्लभ वन्यजन्तुको चोरी सिकारी हुने गरेको हो । केही समयअघि दोलखाको लामाबगर फलाक नाका हुँदै भित्रिएको अबैध सुन प्रकरणमा संलग्नहरुले दिएको बयानका आधारमा सो क्षेत्रमा अबैध चोरी सिकारी हुने गरेको पुष्टि भएको छ । दोलखा प्रहरी र प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीले गरेको अनुसन्धानका क्रममा सुन तस्करहरुले सुन खरिदवापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिना समेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको हो । सोही आधारमा जिक्यापको लामावगर, लप्ची क्षेत्रमा दुर्लभ वन्यजन्तुको अबैध चोरी तस्करी हुने गरेको खुलासा भएको छ । जिक्याप क्षेत्रबाट कस्तुरीको बिना, रेडपाण्डा, लगायत दुर्लभ चोरी सिकारी र यार्सागुम्बाको समेत अबैध ओसारपसार हुने गरेको अनुसन्धानका क्रममा खुलेको सिआईबीका एक अधिकारीले बताएका छन् ।

दोलखाको गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत दोलखाको उत्तरी क्षेत्रमा दुर्लभ वन्यजन्तुको अबैध चोरी सिकारी हुने गरेको पाईएको छ । संरक्षण क्षेत्र अन्तर्गत चीनको तिब्बतसँग सीमाना जोडिएको लामाबगरको लप्ची क्षेत्रमा कस्तुरी लगायत दुर्लभ वन्यजन्तुको चोरी सिकारी हुने गरेको हो । केही समयअघि दोलखाको लामाबगर फलाक नाका हुँदै भित्रिएको अबैध सुन प्रकरणमा संलग्नहरुले दिएको बयानका आधारमा सो क्षेत्रमा अबैध चोरी सिकारी हुने गरेको पुष्टि भएको छ ।

लप्ची क्षेत्रमा चार वर्षअघि २०७६ सालमा लोपोन्मुख हिमचितुवा र ठुलो संख्यामा कस्तुरी फेला परेका थिए । यस्तै, जिक्यापले जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्वर ९ रोल्वालिङ उपत्यकामा गरेको क्यामेरा ट्रापिङमा पनि हिउँ चितुवासहित, हिमाली ब्वाँसो, हाब्रे (रेडपाण्डा), कस्तुरी मृग र डाँफे फेला परेको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा लप्ची क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी सिकारी र यार्सागुम्बाको अबैध ओसारपसार हुने गरेको पुष्टि भएपनि यस सन्दर्भमा जिक्यापमा कुनै मुद्धा दर्ता भएको छैन र अहिलेसम्म् जिक्यापले चोरी सिकारी र तस्करीमा संलग्न गिरोहलाई पक्राउ समेत गरेको छैन ।

सुन खरिदको रकम कस्तुरीको बिना र यार्सागुम्बा पठाएर भुक्तानी गरिनु र सो कार्यमा लामाबगर क्षेत्रका स्थानीयको प्रयोग हुनुले पनि सो क्षेत्रमा व्यापक चोरी सिकारी हुने गरेको पुष्टि हुने आधार फेला परेको छ । तर गौरीशंकर क्षेत्र आयोजनाले भने जिक्यापमा अबैध चोरी सिकारी हुने कुरा पुष्टि नभएको दाबी गरेको छ ।गौरीशंकर संरक्षण क्षेत्र आयोजना जिक्यापका सुचना अधिकारी तुलसी दहालका अनुसार संरक्षण क्षेत्रमा केही संकास्पद घटना देखिएपनि पुष्टि हुन बाँकी रहेको छ । उहाँका अनुसार केही महिनाअघि जिक्यापबाट खटिएको प्राबिधिक सहितको टोलीले पेट्रोलिङको क्रममा संरक्षण क्षेत्रभित्र आलो रगत र कस्तुरीको जस्तो देखिने रौँ फेला पारेको थियो । त्यसको नमुना राष्ट्रिय निकञ्ज बिभाग अन्तर्गतको सम्पर्क अधिकारीको कार्यालय दोलखा चरिकोटमा पठाएकोमा त्यहाँबाट बिधि बिज्ञान प्रयोगशाामा पठाईएको छ । यद्यपि सो घटना अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी दहालले बताउनुभयो ।

जिक्यापले वन तथा बन्यजन्तुको सुरक्षाका लागि सुराकीको समेत व्यवस्था गरेको बताएको छ । यस्तै, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण उपसमिति गठन गरेको छ । सो समितिले वन तथा वन्यजन्तुको सुरक्षा गर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्ने जिक्यापको भनाई छ ।