images
images

रेडक्रशको आयोजनामा चरिकोटमा निशुल्क स्वास्थ्य शिविर, पहिलो दिन १५३ जनाले लिए सेवा

  • २० पुष २०८०, शुक्रबार १६:०५

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा आजदेखि तीन दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।

फिजियोथेरापी, अकुपञ्चर, प्राकृतिक चिकित्सा र आयुर्वेद स्वास्थ्य सम्वन्धी सेवा दिने उद्धेस्यले सुरु गरिएको शिविरको भीमेश्वर नगरपालिकाका नगर प्रमुख इस्वरनारायण मानन्धरले उद्घाटन गर्नुभयो । नेपाल रेडक्रश सोसाइटी दोलखा शाखाले आयोजना गरेको तीन दिने निशुल्क स्वास्थ्य शिविरको पहिलो दिन १ सय ५३ जनाले स्वास्थ्य सेवा लिएको रेडक्रश दोलखाका सभापति इस्वरी दाहालले जानकारी दिनुभयो । सुस्वास्थ्य अस्पताल बानेस्वर काठमाडौंको प्राविधिक सहयोगमा सुरु भएको शिविरमा बाथ, पिनास, डिप्रेशन, अनिन्द्राका साथै कम्मर गर्दन, जोर्नी र घुँडा दुख्ने, नशा च्यापिएको, माइग्रेन लगायतको उपचार हुने आयोजकले जनाएको छ ।

गौरीशंकर बुहुमुखी क्याम्पस चरिकोटमा संचालन भईरहेको निशुल्क स्वास्थ्य शिविरमा सुस्वास्थ्य अस्पतालका अध्यक्ष डाक्टर सुदर्शन बस्नेतसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।