images
images

रामेछापमा विहेको जन्ती बोकेको बोलेरो दुर्घटनाः १५ जना घाइते, ६ को अवस्था गम्भीर

  • २१ फाल्गुन २०७९, आईतवार २१:२३

रामेछाप । रामेछापमा विहेको जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका ५ खैरेखोला (कच्ची सडकखण्ड) स्थित रजमनटारबाट वडा नम्बर ६ जागुतर्फ जाँदै गरेको बिहेको जन्ती बोकेको बा ८ च ७२७३ नम्बरको बोलेरो गुन्सालमा आज साँझ दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । ती मध्ये ६ जनाको अवस्था गम्भीर रहेको रामेछाप प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएका १० जनाको प्रहरी टोलीले उद्धारगरी २५ जना सवार मध्ये घाइते १५ जनालाई काठमाडौं पठाइएको छ । दुर्घटनामा १० जना सामान्य घाइते भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि डिस्चार्ज भएको छ ।

घाइतेहरुको विवरण

जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको पुनम श्रेष्ठ हातमा चोट सामान्य ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको सोनिया श्रेष्ठ हातमा चोट मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको मेघ बहादुर श्रेष्ठ टाउको र जिउमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको सुनिता श्रेष्ठ टाउको र जिउमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको प्रविण श्रेष्ठ हातमा र खुट्टामा चोट मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको खड्क ब. श्रेष्ठ अनुहार र टाउकोमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको स्वस्तिमा श्रेष्ठ अनुहार र टाउकोमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको लिला बहादुर श्रेष्ठ अनुहार र टाउकोमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको टंक श्रेष्ठ अनुहार र टाउकोमा चोट गम्भिर ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको राम बहादुर श्रेष्ठ हातमा चोट मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको टिका ब. श्रेष्ठ हात भाँचिएको मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको डिल बहादुर श्रेष्ठ हातमा चोट मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको दिप बहादुर श्रेष्ठ हातमा र खुट्टामा चोट मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको पूर्णमाया श्रेष्ठ हात भाँचिएको मध्यम ।
जिल्ला रामेछाप दोरम्बा शैलुङ गा.पा. ६ जागु बस्ने वर्ष नखुलेको रुद्र बहादुर श्रेष्ठ हातमा चोट मध्यम ।