images
images

बैतेश्वरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको यस्तो छ, संयुक्त संकल्पपत्र

  • २२ बैशाख २०७९, बिहीबार ०९:४५

जिरी (दोलखा) । दोलखाको बैतेश्वर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनले संयुक्त घोषणा पत्र जारी गरेको छ ।

तीब्र रुपमा निर्वाचनको तयारीमा होमिएको गठबन्धनले निर्वाचन सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा संयुक्त संकल्पपत्र जारी गरेको हो । जसमा पाँच वर्षे कार्यकालको मुख्य लक्ष्यका रुपमा आम रोजगारी सिर्जना गर्न र आर्थिक विकासका दायराहरु बढाउन सरकारी, सहकारी, निजी र सामुदायिक साझेदारी मोडेलमा पालिकास्तरीय नमुना आयोजना विकास गरिने प्रतिवद्धता उल्लेख गरिएको छ । सो आयोजनाबाट कम्तीमा ५ सय लाई गाउँमै दिगो रोजगारी सिर्जना गरिने तथा साझेदारी मोडेलको क्षेत्रमा ‘सरकार–समुदायको सुरक्षित लगानी, बैतेश्वरमा हेर सफल कहानी’को पहिचान बनाइने संकल्प पत्रमा उल्लेख छ ।

संकल्पपत्रमा ‘दिगो रोजगारी, राम्रो आम्दानी’ लाई मुख्य मन्त्र बनाइ काम गरिने, प्रतिव्यक्ति मासिक आम्दानी ६ हजार भन्दा कम भएका परिवारलाई पाँच वर्षभित्र पूर्ण रोजगारी तथा स्वरोजगारी सिर्जना गरी गरीबीको संख्या कम्तीमा ३०५ ले घटाइने गठबन्धनले प्रतिवद्धता जनाएको छ । बैतेश्वरमा गठबन्धनले सरकारी, सहकारी, सामुदायिक संस्था र निजीक्षेत्रको साझेदारी रहेको कम्तीमा १ वटा पालिकास्तरीय नमुना आयोजना आरम्भ गरिने र सो आयोजनाबाट कम्तीमा ५०० जना युवाहरुलाई बहुसाझेदारी मोडेलबाट प्रत्यक्ष र संगठित रोजगारी सिर्जना गरिने भएको छ । घोषणा पत्रमा वडास्तरमा एक वडा, एक मध्यमस्तरीय स्वरोजगार योजना सञ्चालन गरिने, रोजगारी तथा स्वरोजगारीबाट प्रति परिवारको वार्षिक न्युनतम आम्दानी पाँच लाख पु¥याइने समेत उल्लेख छ ।

तीब्र रुपमा निर्वाचनको तयारीमा होमिएको गठबन्धनले निर्वाचन सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा संयुक्त संकल्पपत्र जारी गरेको हो । जसमा पाँच वर्षे कार्यकालको मुख्य लक्ष्यका रुपमा आम रोजगारी सिर्जना गर्न र आर्थिक विकासका दायराहरु बढाउन सरकारी, सहकारी, निजी र सामुदायिक साझेदारी मोडेलमा पालिकास्तरीय नमुना आयोजना विकास गरिने प्रतिवद्धता उल्लेख गरिएको छ । सो आयोजनाबाट कम्तीमा ५ सय लाई गाउँमै दिगो रोजगारी सिर्जना गरिने तथा साझेदारी मोडेलको क्षेत्रमा ‘सरकार–समुदायको सुरक्षित लगानी, बैतेश्वरमा हेर सफल कहानी’को पहिचान बनाइने संकल्प पत्रमा उल्लेख छ ।

यस्तै, घोषणापत्रमा कृषि क्षेत्रमा बहुपक्षीय साझेदारीमा ‘सम्पूर्ण कृषि सेवा’ दिने गरी एक पालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन गरिने, कृषि तथा पशुपंक्षी सेवाका लागि प्रत्येक वडामा १ जना कृषि प्राविधिकको व्यवस्था गरिने, वन्यजन्तुबाट (बाँदर, दम्सी, मिर्ग आदि) कृषिमा भइरहेको हानी नोक्सानी नियन्त्रण गर्न प्रभावकारी उपायहरु खोजी गरी लागु गरिने, दूध र मासुजन्य उत्पादन प्रवर्धनका लागि पालिकास्तरीय १ डेरी र १ वधशाला तथा बिक्रीकेन्द्र स्थापना गरिने, प्रत्येक वडामा कम्तीमा एकवटा उत्पादनको व्यवसायिक नमुना पकेट क्षेत्र विस्तार गरिनेछ । वडास्तरीय कृषि सेवा तथा संकलन केन्द्र, चिस्यान भण्डार, पालिकास्तरीय खाद्य भण्डार (खाद्य बैंक) स्थापना गरिने, उत्कृष्ठ कृषकहरुलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने, कृषक पेन्सन योजना अघि बढाइने र बा(आमा आयआर्जन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पर्यटन विकासको क्षेत्रमा पनि विभिन्न कार्यक्रम ल्याउनेगरी संकल्पपत्र तयार पारिएको छ । जसमा संस्कृति र प्रकृतिको आधारमा पदमार्ग तथा होमस्टेसहित १ वडा, १ पर्यटन गन्तव्य विकास गरिने, हनुमन्ते क्षेत्रलाई दक्षिण एसियाकै हनुमान पर्यटनको मुख्य गन्तव्यमा विकास गरिने, बैतेश्वरलाई सहकारी शिक्षा र पर्यटनको नयाँ गन्तव्य बनाइने लगायतका योजनाहरु मुख्य योजनाको रुपमा अघि सारिएको छ ।